तत्काल ऋणको साँवा ब्याज नतिरे पनि हुने

कोभिड १९ को परिस्थितिपछि तिर्न नसक्नेले तत्काल ऋणको साँवा ब्याज भुक्तानी गर्नु नपर्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

असार मसान्तमा क्षमता भएका ऋणीले तोकिएको समयभित्रै तिर्नुपरेपनि क्षमता नभएकालाई समय थप गर्न राष्ट्र बैंकले नीतिगत व्यवस्था गरिदिने उनले जानकारी दिए ।

‘अहिले बैंक तथा वित्तीय संस्थाले ऋणीहरुलाई साँवा ब्याज भुक्तानीको लागि ताकेता गरेको भन्ने आइरहेको छ’शनिबार अधिकारीले भने, ‘क्षमता भएका ऋणीका लागि होला । क्षमता नभएका ऋणीलाई ताकेता नगर्नु भनेर बैंक तथा बित्तीय संस्थालाई मौखिक रुपमा विशेष अनुरोध गरेका छौं ।’

कान्तिपुरदैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?