सरकारको उद्धार उडानमा नेपाल आए ‘सुन तस्कर’

युएईमा लुकीछिपी बस्दै आएका सुन तस्करीका आरोपित हरिशरण खड्कालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेको छ ।
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार चूडामणि उप्रेतीका सहयोगी भनिएका उनलाई शनिबार अध्यागमनको टोलीले पक्राउ गरेको हो ।
आबुधाबी बस्दै आएका खड्का शनिबार सरकारले गरेको एयर अरेबियाको उद्धार उडानमार्फत काठमाडौं उत्रिएका थिए ।
उनको विवरण रेडकर्नर नोटिसमा अभिलेख भएको पाइएपछि तत्कलै प्रहरी बोलाएर नियन्त्रणमा लिइएको हो । उनी कसरी युएई अध्यागमनलाई छलेर नेपाल आउन सफल भएभन्नेबारे विमानस्थलका अधिकारीले नै आश्चर्य व्यक्त गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?