अमिताभको छोरा अभिषेकमा पनि देखियो कोरोना संक्रमण

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चनका छोरा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण देखिएको छ ।

शनिवार अमिताभलाई कोरोना पोजिटिभ देखिएसँगै उनका परिवारको समेत कोरोना परीक्षण गरिएको थियो ।

अमिताभले आफूलाई कोरोना पोजेटिभ देखिएको ट्वीट मार्फत जानकारी दिएका थिए । अमिताभलाई भारतको नानावती अस्पतालमा राखिएको छ ।

त्यस्तै अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

हिन्दुस्तान टाइम्सका अनुसार उनले आफूहरू दुवै जना अस्पताल भर्ना भएको पनि बताएका छन्।

एजेन्सीको सहयोगमा

यो पनि

अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?