डाक्टरको मिर्गौला कारोबार धन्दामा जिप्रकाका अधिकृतको सहयोगी भूमिका

काठमाडौं । कलेज अफ मेडिकल साइन्सेस भरतपुरका तीन डाक्टरसँगै पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत तहको कर्मचारी पनि रहेको खुलेको छ ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल रहेका छन् । ढकालले उनीहरुलाई कागजी रुपमा सघाएको आरोप छ ।

जिल्ला प्रशासन कार्यालय स्रोतले प्रशासकीय अधिकृत ढकाललाई सोधपुछका लागि ब्यूरोको टोलीले लगेको बताएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौंबाट आएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने राकेश बर्मा, सुप्रभात श्रेष्ठ र बालकृष्ण कालाखेती रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?