२०७४, ६ आश्विन शुक्रवार १४:१७

मिलन चक्रेको एसम्यानलाई प्रहरीको गोली, घाइतेको अवस्था गम्भिर


प्रकाशित मिति : २०७४, ६ आश्विन शुक्रवार १४:१७

काठमाण्डौं, ६असोज ।राजधानीको पेप्सीकोला स्थित मनोहरा पुलमा गोली चलेको छ । महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले चलाएको गुण्डा अप्रेशनमा गोली लागि एकजना घाईते भएका छन । काठमाडौैको पेप्सीकोलास्थित मनहरा खोलाको पुलमा साँझ साँढे ७ बजे प्रहरीले गोली चलाएको थियो। प्रहरीले उनीमाथि तीन राउन्ड गोली चलाएको थियो। तर, एक गाोलीमात्र लागेको थियो।गौतमलाई दाहिने गोडामा गोली लागेको छ।अप्रेशन अन्तर्गतको टोली मनोहरा पुगी गुण्डा समुहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै आक्रमण गरेपछि प्रहरीले जवाफि गोली चलाएको महाशाखा प्रमुख एसएसपि दिवेश लोहनीले बताए ।प्रहरीको गोली लागि रामेश्वर गौतम नामका एक व्यक्ति घाईते भएका छन । उनी गुण्डा नाईके चक्रे मिलनका निकट सहयोगी हुन । घाईते गौतमको दायाँ खुट्टामा गोली लागेको र उनलाई उपचारका लागि वीर अस्पतालमा राखिएको छ ।उनीहरुलाई नियन्त्रणमा लिन ३ राउण्ड फायर गरिएको प्रहरीले जनाएको छ ।पछिल्लो समय गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले गुण्डा अप्रेशनलाई तिव्र बनाएको छ । 

प्रतिक्रिया दिनुहोस