हेर्नुहोस् २०७७ साल असार २८ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ आषाढ २८ गते । आईतवार । इ.स.२०२० जुलाई १२ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । श्रावण कृष्णपक्ष । तिथी–सप्तमी,१४ बजेर ५१ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–उत्तरभाद्रपदा,०८ बजेर २६ मिनेट उप्रान्त रेवती ।

योग अतिगण्ड,२२ बजेर ३९ मिनेट उप्रान्त सुकर्मा । करण–बव,१४ बजेर ५१ मिनेट उप्रान्त बालव,२७ बजेर ५१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय ५ बजेर १७ मिनेटमा, सूर्यास्त १९ बजेर ०० मिनेटमा । दिनमान ३४ घडी १६ पला । पञ्चक। रवि सप्तमी व्रत। अष्टमी व्रत।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्वन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ ।

शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुख पाईनेछ । मन परेको मानिसबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

विभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पत्तीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।

प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । दाजुभाईको सहयोगले भौतिक सम्पत्ती तथा सवारी साधन जोड्न सकिनेछ । कृषि क्षेत्रमा लगानी गरि आम्दानी गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ । नयाँ काम पाउने तथा गरीरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ ।

सरकारी तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थिति रहनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राम्रा तथा परिणाममुखी काम गरी अरुको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरुले सफलता हात लगाउन सकिनेछ ।

माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

गोपनियता तथा गोप्यकुराहरु बाहिरिनाले समस्या पर्न सक्छ ध्यान दिनुहोला । कामका बाधा अवरोधको सामना गर्दै अगाडी बढ्नु पर्ने बाध्यता आउनेछ । समय अनुसार नचल्नाले अरुभन्दा पछि परिनेछ ।

आफन्त तथा दिदि बहिनीसँग मनमुटाव बढ्ने योग रहेको छ । स्वास्थ्यमा समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेममा अविश्वास बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाई लेखाईमा प्रगती हुनेछ ।

मेडिकल तथा खाद्यान्नसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यवसायमा मन्दि आउनेछ । कृषि क्षेत्रमा लगानी गरि आम्दानी बढाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ ।

आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

वौद्धिक क्षेत्र फराकिलो हुने हुनाले सिर्जनात्मक कार्य गर्न सकिनेछ । अध्ययन अध्यापनको सवालमा आन्तरिक तथा बाह्य यात्राको तय हुनेछ । घर परिवारका साथ रमाईलो गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

कार्यक्षेत्रमा राम्रा काम गरी ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । उपहार तथा विलाशी सामान प्राप्तीको गतिलो योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अरुकै काममा समय व्यतित हुँदा आफ्नो कामभने थाती रहनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ ।

अन्य व्यापारमा मन्दी आएपनि कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

विश्वास गरेकै मानिसबाट धोका पाईनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाव बढ्ने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पुरुषार्थी काम गरी नाम दाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भाग लिन सकिनेछ ।

दाजुभाई तथा आफन्तसँग मिलेर गरीने व्यापार फस्टाएर जानेछ । शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कार्य क्षेत्रमा तपाईको बोलिको प्रभावले महत्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्धहरुमा सुधार भएर जाने योग रहेको छ ।

नातागोताको सहयोगले सुरु गरेको कामहरु स्वतः स्फुर्त रुपमा अगाडि बढ्नेछन् । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । अध्ययनमा अरुभन्दा एक कदम अगाडी बढी पुरस्कार तथा प्रशंसा पत्र आफूतिर ल्याउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

नयाँ प्रविधी तथा सामाजिक सञ्जालको प्रयोग मार्फत वौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो सम्भावना रहेको छ ।

भौतिक सम्पत्तीको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित पार्न सकिनेछ । कृषि क्षेत्रबाट धन आर्जन गर्न सकिनेछ । मन पर्ने वस्त्र तथा अलङ्कार उपहार पाईनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?