कृषक पुरस्कृत

तनहुँ । व्यास नगरपालिकाले ३३औँ नगरसभाको अवसरमा यहाँका पाँच उत्कृष्ट कृषकलाई नगदसहित पुरस्कृत गरेको छ ।

नगरपालिकाले निर्धारण गरेको मापदण्डअनुरुप व्यावसायिक कृषिक्षेत्रमा लागेका कृषकलाई दोसल्लासहित नगद तथा प्रमाणपत्रले पुरस्कृत गरेको हो ।

कृषि क्षेत्रमा उत्कृष्ट उत्पादन गरी व्यास नगरपालिका–११ निवासी राजेन्द्र पौडेल प्रथम, व्यास नगरपालिका–१० निवासी पूर्णचन्द्र अधिकारी द्वितीय, व्यास नगरपालिका–७ स्थित तोरीखर्क कृषक समूह तृतीय भएका छन् ।

उनीहरुलाई क्रमशः ६० हजार रुपैयाँ, ४५ हजार रुपैयाँ र ३५ हजार रुपैयाँ सहित नगरप्रमुख बैकुण्ठ न्यौपानेले पुरस्कृत गरेका हुन् ।

त्यसैगरी व्यास नगरपालिका–१० का प्रमिला अधिकारी र व्यास नगरपालिका–६ निवासी लालबहादुर पन्त सान्तवना भएका छन् ।

उनीहरुलाई २०÷२० हजारका दरले पुरस्कृत गरिएको हो । तरकारी प्रतियोगितामा भाग लिन पाऊ भनी व्यास नगरपालिका क्षेत्रका १६ कृषकले निवेदन पेश गरेकामा नगरपालिकाको मूल्याङ्कनमा पाँच कृषक छनोट भएपछि उनीहरुलाई पुरस्कृत गरिएको व्यास नगरपालिका कृषि शाखाका अधिकृत विश्वराज वाग्लेले बताए।

पाँच शिक्षक शिक्षिका पुरस्कृत

त्यसैगरी व्यास नगरपालिकाले व्यास नगरपालिका क्षेत्रका पाँच शिक्षक/ शिक्षिकालाई पुरस्कृत गरेको छ । कोभिड–१९ बाट सुरक्षित हुन आफ्नो विद्यालयमा क्वारेन्टिन स्थापना गरी व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै शिक्षक/शिक्षिकालाई पुरस्कृत गरेको हो ।

उक्त अवसरमा सत्यवती माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडैले, जलदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश बस्नेत, बालमन्दिर माविका प्रअ कृष्णहरि गैरे, मदरसा आधारभूत विद्यालयका सतार मियाँ र जनसेवा आधारभूत विद्यालयका शारदा अधिकारीलाई पुरस्कृत गरेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?