नेता चयन गर्ने विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचन परिणाम आए पछि नेपाली कांग्रेसको संसदीय दलको पहिलो बैठक बसेको हो बैठकमा संसदीय दलको बिधान पास गर्ने र संसदीय दलको नेता छान्न प्रक्रिया सुरु गर्ने बारे छलफल भई रहेको छ । अहिले संसदीय दलको नेता चयन नभएकोले पार्टी सभापति, सांसद र उमेरले जेष्ठ समेत रहेका शेर बहादुर देउबाले बैठकको सभापतित्व गरेका छन् । कांग्रेसको संसदीय दलमा प्रतिनिधि सभामा निर्वाचित ६३ जना र राष्ट्रिय सभामा निर्वाचित १३ जना गरि कुल ७६ जना सांसद छन् । यस अघि एक सदनात्मक व्यवस्था रहेकाले त्यसै अनुसारको बिधान कांग्रेसको थियो अहिले प्रतिनिधिसभा र राष्ट्रियसभा गरि दुइ सदनात्मक व्यवस्था भएको हुँदा राष्ट्रियसभा संसदीय दलको नया बिधान बनाउन र प्रतिनिधि सभाको विधानमा केहि संसोधन गर्न बैठक बसेको हो । यसका साथै संघिय संसद्को दुवै सदनका संसदीय दलको नेता चयन गर्न आजको बैठकले मिति तोकी निर्वाचनको प्रक्रिया थाल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?