दैलेख दुर्घटनाको छानबिन गर्न समिति गठन

सुर्खेत, १२ फागुन । प्रदेश ६ का आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले दैलेखमा भएको जिप दुर्घटनाको सत्य तथ्यको छानबिनको लागि समिति गठन गरेका छन् मन्त्री भण्डारीले घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै बिहीबार साँझको दुर्घटनाबारे छानबिन गर्नका लागि समिति गठन गरेका हुन् घटनाको सत्यतथ्य छानबिन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव भक्तबहादुर कार्कीको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको कानूनमन्त्री भण्डारीले जानकारी दिए समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर वली, सडक डिभिजन कार्यालय सुर्खेतका प्रतिनिधि, यातायात कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय सर्खेतका प्रतिनिधि, ट्राफिक कार्यालयका प्रतिनिधि र मन्त्रालयका अधिकृत प्रतिनिधिलाई सदस्य तोकिएको छ समितिले दुर्घटनाका कारण खोजी गरी त्यसको न्यूनीकरण गर्न मन्त्रालयमा सिफारिस सहितको प्रतिवेदन पेश गर्ने र त्यसैका आधारमा आवश्यककार्य गरिने बताइएको छ बिहीबार साँझ दैलेखमा भएको जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो भने चारजना गम्भीर घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?