तुलसी पत्ताका गज्जबका फाइदा : प्रयोग गर्न जाने अचुक औषधी !

काठमाडौं – विश्वभर कोरोना भाईरस ‘कोभिड – १९’ को महामारी छ । नेपालमा पनि कोरोना संक्रमण फैलिरहेको छ ।

पछिल्लो समय उपत्यकामा संक्रमित थपिईरहेका कारण जोखिम बढेको बुझ्न सकिन्छ । हालसम्म यसविरुद्धको भ्याक्सिन औषधी बनेको छैन । केही प्रयोगशालामा परिक्षणका क्रममा छन् भने कतिपय देशले विभिनन औषधीय गुण भएका वनस्पतिको पनि प्रयोग गरिरहेका छन् ।

नेपालमा पनि आयुर्वेदिक पद्धतिबाट यस भाईरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ कि भनेर खोज भईरहेको छ । यस्तै कतिपय संक्रमितले नेपाली माटोमा उब्जाउ भएका वनस्पतिको प्रयोग गरि निको भएर घर फर्केका उदाहरण पनि हामीले देखेका छौँ ।

उनीहरुमध्ये केहिले तुलसीपत्ता पनि नियमित सेवन गरेको पाईयो । कतिपयले यसको पत्ता चियामा राखेर पनि पिउने गर्दछन् । आयुर्वेदिक चिकित्सक पनि यसको प्रयोग गर्न सुझाउँछन् ।

कहिलेकाँहि मानिसलाई शरीरमा अक्सिजन कमी हुने गर्छ । हिमाल चढ्दा, हिमालको नजिक जाँदा, लेक चढ्दा, उकालीमा र ट्रेकिङ जाँदा होस् या हाईकिङ कसैकसैलाई अक्सिजन कम भएजस्तै महशुस हुन्छ । श्वास फेर्न अप्ठेरो हुन्छ ।
विभिन्न उँचो भागमा रहेका तिर्थस्थल जाँदा पनि धेरैलाई लेक लागेर स्वास्थ्य समस्या सिर्जना हुन्छ । त्यसरी अक्सिजन कम हुनेले अब अचुक औषधीको खानी तुलसीको बास्ना लिँदा श्वासप्रश्वासमा सन्तुलन आउने अनुसन्धानबाट पत्ता लागेको छ ।

विभिन्न औषधीको काम गर्ने तु्लसी हिन्दु धर्मअनुसार हरेकको घरमा तुलसी रोपिन्छ । हिन्दुधर्ममा जुन घरमा तुलसी रोपिएको हुन्छ त्यो घरमा सर्प, विच्छी जस्ता हानिकारक किराहरु आउँदैनन् भन्ने विश्वास गरिन्छ ।

हामी आँगनको एक कुनामा तुलसी रोपेर यसको लाभ लिन सक्छौं ।

आँगनमा मठ राख्ने ठाउँ छैन भने कौसी वा छतमा पनि रोप्न सकिन्छ । यो सुगन्धित वनस्पतिले वायुमण्डलमा बहने दूषित हावालाई शुद्धीकरण गर्छ । तुलसी मात्र यस्तो वनस्पति हो, जसबाट आसपासको वातावरणमा विषाक्त कीटाणुनाशक गुण लगातार फैलिरहेको हुन्छ । घरमा यो रोप्दा दाहिनेतिर पार्ने गरीन्छ । यसले मानिसमा सकारात्मक उर्जा प्रदान गर्छ ।

नेपालीहरुले पूजाआजा गरेर यसको स्याहार गर्छन् कतै व्यवसायिक खेती पनि हुन्छ ।

लेकमा रहेका तिर्थस्थल पुग्नेहरुले पनि तुलसी सुँघ्दै जाँदा अन्य सिलिन्डर अक्सिजनको आवश्यकता नपर्ने अनुभव सुनाउँछन् ।

तुलसीको प्रयोगका साथै हरियो कागती सुँघ्ने, ग्लुकोज पानी खाने, बिरे नुन, मरिच, ज्वानो, अदुवा वा कुनै पाचक र पेट दुखेमा लसुन र तातोपानी खाँदा आराम हुने पनि बताइएको छ ।

अहिले मौसममा आएको बदलावका कारण धेरैलाई चिसो लागेको छ । जाडोयाममा यही चिसोका कारण धेरै मानिस बिरामी हुने गर्छन् ।

चिसोकै कारण सबै भन्दा धेरै मानिसलाई रूघाखोकीले सताइरहेको हुन्छ। रुघाखोकी सँगसँगै स्वास्थ्यमा अन्य विभिन्न समस्या उत्पन्न हुने गर्छन्। यदि तपाईले तुलसीको पत्ता तातोपानीमा उमालेर खानुभयो भने यसले तपाईलाई निकै फाईदा पुर्याउँछ ।

नियमित तुलसी सेवनका फाईदाहरु

-रोग प्रतिरोधात्मक क्षमताको विकास (यसको रस को प्रयोग गर्ने) 

-स–साना बालबालिका, वृद्धवृद्धा र गर्भवतिका लागि विशेष फाईदा

-चिसोबाट बच्नका लागि निकै उत्तम (यसको पात डाँठ जराको प्रयोग) 

-टाउको दुख्ने समस्या समस्याबाट मुक्त हुन सकिन्छ।

-मुटुसम्बन्धी समस्या हुनेहरूले दैनिक रुपमा खालीपेटमा तुलसीको पत्ता र दूध सेवन गर्न सकिन्छ ।

-मुख गनाउने समस्याबाट छुट्का

-तुलसीको पत्ता सेवन गर्नाले शीघ्र स्खलन, स्वप्न दोष तथा यौनजन्य रोगबाट टाढा राख्न मद्दत गर्छ।

-वान्ता रोक्न तुलसी पत्ताको रस प्रयोग गर्ने

-दाँतको दुखाइका लागि तुलसी लभदायक हुन्छ ।

-तनाव मुक्त गराउन तुलसीको पत्ता चुस्ने ।

-तुलसीको तापको नियमित सेवनले ढल्किँदै गरेको उमेरको लक्षणहरु तत्काल देखिन दिँदैन ।

-तुलसीको सुकेको पात पिसेर अनुहारमा दल्नाले अनुहारको चमकता बढ्छ ।

-कानको दुखाई चट्टै पार्न पनि यसको प्रयोग गरीन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?