२०७८,बैशाख,२४,शुक्रवार

अन्तरिक्षमा चीनलाई ठूलो झड्का !


काठमाडौं । चीनले शुक्रवार लञ्च गरेको एक चिनियाँ कुआईझोउ-११ वाणिज्यिक रकेटको प्रक्षेपण विफल भएको छ ।

जसका कारण चीनका दुई उपग्रहमा समेत नोक्शान पुगेको छ । उत्तर पश्चिमी चीनमा स्थित जिउक्वान स्याटेलाइट लञ्च सेन्टरबाट कुआईझोउ-११ राती १२ बजेर १७ मिनेटमा ट्रान्सपोर्टर इरेक्टर लञ्चरको माध्ययमबाट प्रक्षेपित गरिएको थियो । लञ्चिङको भिडियो फुटेजमा रकेटले एक मिनेटसम्म राम्रोसँग काम गरेको र त्यसपछि पहिलो र दोश्रो चरणको कुनै पनि जानकारी नमिलेको देखिएको छ ।

कसरी असफल भयो भन्ने बारेमा चीनले अनुसन्धान थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

चीन यस वर्षमा तीन पटक असफल

जानकारी होस् की, यो वर्षमा चीन तीन पटकसम्म अन्तरिक्षका कार्यक्रममा विफल भएको छ । मार्चमा लञ्च गरिएको मार्च -७ ए पनि पहिलो पटक लञ्च गरिएको थियो । त्यो पनि विफल भयो भने अप्रिलमा लञ्च गरिएको अन्तरिक्ष यान पनि विफल भएको थियो ।

जसले पालपा इण्डोनेशियाली एन-१ सञ्चार उपग्रहलाई नोक्शान पुर्याएको थियो । पहिलो पेलोड चंगगुंग स्याटेलाइट कम्पनी लिमिटेडद्वारा विकसित गरिएको एक जिलिन-१ भिडियो उपग्रह थियो ।

त्यस्तै दोश्रो उपग्रह सेन्टीस्पेस-१ एस-२ थियो । यो उपग्रह बेइजिङ नेभिगेशन टेक्नोलोजि कम्पनी लिमिटेडको लागि विकसित गरिएको लो अर्थ ओर्बिट नेभिगेशन इन्हान्समेण्टको लागि थियो ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७७,असार,२७,शनिवार १३:२८


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकार तत्काल खोप किन्न सक्ने अवस्थामा नभएको कारणबारे प्रष्ट पारेको छ । नेपाल कोरोना

काठमाडौं । ब्राजिलको रियो दी जेनेरोमा बिहीवार प्रहरी र लागूपदार्थका शंकास्पद तस्करबीच गोली हानाहान हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख १४ हजार नयाँ सङ्क्रमित

आर्जव घिमिरे/काठमाडौं।  ए.एस. रोमाका नयाँ मुख्य प्रशिक्षक जोसे माउरिन्होले पछिल्ला केही समयमा खासै सफलता पाएका छैनन्। तर उनको ‘दि स्पेशल

घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला
 २०७८,बैशाख,२४,शुक्रवार १५:०८