‘मूड स्विङ’ : कसरी बच्ने ?

काठमाडौं – धादिङकी १९ वर्षे मनिषा आचार्य (नाम परिवर्तन) मा एकाएक टोलाउने, दिक्क लाग्ने अरुले भनेको कुरा मन नपर्ने, एकोहोरो भइरहने, दोस्रो व्यक्तिसँग बोल्न, सेयर गर्न मन नलाग्ने, जाँगर नलाग्ने, मान्छेहरु देख्दापनि दिक्क लाग्ने, हतासिने, अतालिएको जस्तो लाग्ने, दिमाग शून्य हुने, नकारात्मक भाव आउने खालको लक्षणहरु देखापरे ।

उनको आनीबानी र व्यवहारमा एकाएक आएको परिवर्तन देखेर उनको परिवार र प्रेमी निरज डराए । कारण थियो निरजसँग उनले केहि दिन अघि आफूलाई सुसाईड गरौँगरौँ जस्तो दिक्दारी आईरहेको भन्दै म्यासेन्जरमार्फत च्याट गरेकी थिईन् । निरज रोजगारीको लागि दक्षिण कोरीया छन् । तर उनीहरुबिच राम्रो सम्बन्ध छ । उनीहरुको सम्बन्ध जिवन्त बनाईदिएको छ, सामाजिक सञ्जालका विभिन्न एपहरुले । र, सबैभन्दा धेरै म्यासेन्जरले ।

निरज मनिषाको निकै ख्याल गर्छन् । मनिषा कक्षामा प्रथम हुन्छिन् । बि ए प्रथम वर्षमा राम्रो अध्ययन गर्ने छोरीमा अचानक आएको यो परिवर्तन पछि परिवारमा डरले डेरा जमाउनु स्वभाविक पनि थियो । तर उनका बुबाको स्वभाव निकै कड्किलो भएका कारण उनी यो कुरा मान्न तयार भएनन् । उनी भन्थे – ”न काम, न पीर न ताप के को तनाव । बढ्ता जान्नी नहोउ । कतिसारो नखरा पार्न परेको आजकलका भुराहरुलाई । खुरुखुरु नपढेर, नौटंकी ।”

मनिषाले पटकपटक आमालाई आफूलाई केहि ‘मेन्टल समस्या’ भएको हुनसक्ने भन्दै अस्पताल र दक्ष चिकित्सकलाई भेटाईदिन भनिन् । मनिषाले निरजलाई भनेकी थिईन् म होस्टलमा एक्लै महशुस गर्छु । मनिषाकै आग्रहमा जब उनकी आमा धादिङबाट काठमाडौँ आईन् र मनिषालाई लिएर काठमाडौंको पाटन अस्पताल पुगीन्, तब उनलाई चित्त बुझ्दो ट्रिटमेन्ट भयो । अर्थात् उनलाई ‘मूड स्विङ’ भएको रहेछ ।

के हो मूड स्विङ ?

व्यक्तिमा एकाएक र द्रुत गतिमा मानसिक स्थितीमा आउने परिवर्तन र उतारचढाव नै ‘मुड स्विङ’ हो । आक्रामक रुपमा नै आउने फरक व्यवहार र सोचाई नै माईन्ड स्विङ हो । छिनमै रिसाउने, छिनमै हाँस्ने, अरुलाई सुन्न मन नपर्ने, दिक्क लाग्ने, उराठ लाग्ने, कसैले भनेको नमान्ने, दिक्क लाग्ने, झण्झटिलो लाग्ने जस्ता लक्षण देखिएमा त्यो समस्या ‘मुड स्विङ’ हो । यो समस्या प्रायजसो बालबालिकामा हुन्छ । कतिपय अवस्थामा किशोरकिशोरीमा पनि हुन्छ । चिकित्सकका अनुसार, महिनावारी हुँदा, गर्भवति अवस्थामा बढीजसो यस्तो किसीमको मनस्थिती ‘डिभलप’ हुनसक्छ । तर यो मानसिक रोग होईन । केहि समयको बदलाब मात्रै हो ।

विकिपिडिया लेख्छ, ”मुड स्विङ मुडमा मनस्थितीमा आउने चरम वा द्रुत परिवर्तन हो। यी परिवर्तनले नकारात्मक भुमिका खेल्दछन् । मुड स्विंगका कारण मानिस स्थिर हुन सक्दैन ।

-यस्तो बेलामा गलत निर्णय लिन पनि सक्छ ।

-यस्तो अवस्थामा बालबालिकालाई कसरी ट्रिट गर्ने

यो गम्भिर सवाल हो की, यस्तो अवस्थामा अधिकांश बालबालिकालाई हप्काईदप्काई गरेर अभिभावकले तह लगाउन खोज्छन् । तर यो गम्भिर भूल हुनसक्छ । यसको कारण छ : यस्तो अवस्थामा

-बालबालिकालाई (विशेष गरेर किशोरीहरुलाई) राम्ररी सुनिदिनुपर्छ ।

-उनीहरुलाई बुझ्ने कोशीस गर्नुपर्छ ।

-उनीहरुको मुख्य लक्षण नजरअन्दाज गर्नु हुँदैन ।

-उनीहरुलाई उचित परामर्श गराउनुपर्छ ।

-उनीहरुलाई बेलाबेलामा घुमाउन लैजाने गर्नुपर्छ ।

-बालबालिकालाई अर्को बालबालिकासँग दाँजेर वा तुलना गरेर खत्तमै भयौ भन्नुहुँदैन ।

-उनीहरुको लागि उपचार खोज्नुपर्छ ।

-माया गर्नुपर्छ ।

-अरु समयमा भन्दा बढी हेरचाह तथा मायाममता दर्शाउनुपर्छ ।

-गाली गर्ने, डर देखाउने, कुट्ने, तर्साउने गर्नुहँदैन ।

यदि तपाईले घरमा नै गरेको ट्रिटमेन्टबाट बच्चामा परिवर्तन वा फरक व्यवहार नआएको खण्डमा समयमा नै उपचार गर्नुपर्ने चिकित्सक बताउँछन् । यस्ता बच्चालाई गाली गरेर, हतोत्साही गरेर, निराश तुल्याएर, झनै अत्ताएर डर देखाएर होइन, प्रेमील वातावरण दिएर सुधार गर्न सकिन्छ। चिकित्सकको परामर्श मानेर अघि बढ्नुपर्छ ।

अनि किशोरकिशोरीलाई …

अध्ययनअनुसार यो समस्या किशोर भन्दा पनि किशोरीमा तुलनात्मक रुपमा बढी देखिन्छ । महिलाहरुको सेक्रेट ग्रुपहरुमा केटीहरुबिचमा सेयरीङ हुँदा प्राय महिलाहरु भन्छन्, ‘महिनावारी हुने समय नजिकीँदै जाँदा मेरो मूड खराब छ’, झिँझिँने, अनुहारमा आलस्यता, कान्तिक्षण, निन्द्रा नपुगेजस्तो हुने , दिक्क मान्ने, ईरीटेड फिल गर्ने , साथीसँगै भएर पनि एकलो महशुस गर्ने , रुन मन लाग्ने जस्ता लक्षण देखिएको भन्दै गुनासो गरिरहेका हुन्छन् । यो हार्मोनको प्रभावले गर्दा हो । थकान, डर, र महिनावारीको समयमा मुड स्विंगबाट बच्न बिहान र बेलुका करीव ३० मिनेटजति हिड्नुपर्ने चिकित्सकले सुझाएका छन् ।

-योग गर्नुहोस् (प्रशिक्षकको निरीक्षणमा मात्र)

-हलुका किसिमको व्यायाम गर्नुहोस्।

-यदि गर्भावस्थामा आएको चिडचिडापन हो भने यस समयमा वजन बढेका कारण ज्यान नै भारी भएको अनुभुति भएको हुनसक्छ । यस्तो बेला हरबखत खुसी हुन कोशीस गर्नुपर्छ । र हलुका किसिमको व्यायाम गनुपर्छ ।

-परिवारका कोही सदस्यसँगै बस्नुपर्छ ।

-यस्तो बेला झनक्क रिस उठ्ने, कता जाउँ के गरौँ जस्तो भएर मन अस्थिर पनि हुनसक्छ ।

-अझ महिनावारीको बेला ध्यान र गहिरो श्वास लिइयो भने दिमागलाई शान्त पार्छ । यसका साथै हाम्रो शरीरमा भएको हर्मोन असन्तुलनको समस्या पनि कम गर्छ ।

-तनाव

-गर्भावस्था

-महिनावारी

-वंशानुगत गुण

-हर्मोनको गडबडी

-सम्बन्धमा दरार

-एक्लोपन

-प्रविधीको उच्चतम प्रयोग

– स -सानो कुरामा चित्त दुखाउने स्वभाव

-अत्याधिक औषधिको प्रयोग

-एउटै विषयमा लामो समय सोचिरहनु आदिजस्ता कारणले हुन्छ ।

के कारणले हुन्छ यस्तो ? 

-रगतमा चिनीको मात्रा कम हुनु

-डर लिइरहनु

-चिन्ता र पीर गरीरहनु

-सानो कुरामा बढी सोच्नु

यस्तो किसीमको समस्याले तपाईको जीवन नै बर्बादी पार्ने भन्ने हुँदैन । अर्थात् यसको समाधान छ । त्यो भनेको तपाईले आफूमा परिवर्तन गर्नुपर्नेछ । यसको समाधानका लागि निम्न उपायहरु छन् ।

-सकारात्मक सोँच

-नियमित आहारव्यहार

-परिवारसँगै समय बिताउनु

-साथीभाई र कोही साथीसँग रहनु

-घुम्नु

-किताब पढ्नु

-काममा व्यस्त रहनु

-आफ्नो मन परेको मान्छेको साथमा रहनु

-राम्रो मुभि हेर्नु

-हरप्रखर खुसी हुने

-अरुलाई सहयोग गर्ने

-प्रविधीबाट टाढा रहनु ।

-परिवारका साथ समय बिताउनुहोस् ।

-कतै घुम्न निस्कनुहोस् ।

-आर्ट गर्नुहोस् ।

-सिप सिक्नुहोस् आदी ।

(कोरोना भाईरसको महामारीकाबीच दैनिकीबाट पर बस्दा धेरै किशोरीहरुलाई ‘मूड स्विङ’को समस्या भएको छ । सान्दर्भिक हुने भएकोले पुन अद्यावधिक गरिएको सामाग्री)

यो पनि पढ्नुहोस् : 

महिनावारीमा पेट दुख्यो ? हट ब्याग र तुलसी पत्ताले छुमन्तर ! (टिप्ससहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?