काठमाडौं । विश्व स्वाथ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको संक्रमणलाई पूर्ण रुपमा नष्ट गर्न नसकिने बताएको छ ।
शुक्रवार डब्ल्युएचओका आपतकालीन कार्यक्रम प्रमुख डा. माइक रायनले कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा नष्ट गर्न वा त्यसबाट पूर्णरुपले मुक्ति पाउन सकिने सम्भावना एकदमै कम रहेको बताएका हुन् ।
जेनेभामा भएको अनलाइन पत्रकार सम्मेलनमा डा. माइकले भने, ‘अहिले जस्तो अवस्था देखिएको छ, त्यसलाई हेर्दा कोरोना भाइरसलाई पूर्णरुपमा निर्मूल गर्न सकिन्छ जस्तो लाग्दैन ।’
साथै उनले थपे, ‘जहाँ क्लस्टरका रुपमा संक्रमण फैलिएको छ, त्यहाँ संक्रमण रोक्न सकिन्छ, महामारीको दोस्रो लहरबाट बच्न सकिन्छ, तर यो भाइरसलाई पूर्ण रुपमा निर्मूल गर्न भने सकिँदैन ।’
WHO’s Mike Ryan says eradication of new coronavirus is unlikely 'in the current situation' https://t.co/1cAXB0EfdG pic.twitter.com/SvHy5mEj7u
— Reuters (@Reuters) July 10, 2020
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार शुक्रवार विश्वभर अहिलेसम्मकै धेरै दुई लाख २८ हजार १०२ जनामा संक्रमण पुष्टि भएको छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया