राजधानी सरसफाई गर्न प्रदेशका मुख्यमन्त्री नालीमा पसेपछि…

सुर्खेत, १२ फागुन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले राजधानी केन्द्रित विशेष सरसफाइ अभियान सञ्चालन गरेको छ प्रदेश नं ६ को राजधानीका रुपमा रहेको वीरेन्द्रनगर क्षेत्रलाई सफा र सुन्दर शहर बनाउनका लागि विशेष सरसफाइ अभियान सञ्चालन गरिएको हो प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वीरेन्द्रनगरको मंगलगढी चोकबाट राजधानी केन्द्रित विशेष सरसफाइ अभियानको औपचारिक उद्घाटन गर्दै प्रदेशको राजधानी भएकाले यसलाई नमूना शहरका रुपमा विकास गर्नुपर्ने बताए ‘यो शहर प्रदेशको राजधानी भएकाले यसलाई बनाउन सबैको ध्यान केन्द्रित हुन जरुरी छ, नागरिकको स्वास्थ्य ठीक भए, अन्य सबै ठीक हुन्छ, त्यसैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ’, उनले भने राजधानी सरसफाइ गरेर नमूना शहर निर्माण गरे प्रदेशको पर्यटन विकासमा समेत वृद्धि हुने भएकाले सबै क्षेत्रबाट यो अभियानलाई सफल बनाउनुपर्ने मुख्यमन्त्री शाहीको भनाइ छ सरसफाइ नागरिकको पहिलो प्रतिष्ठा भएकाले नगरपालिकाभित्रका सबै वडा, चोक, सार्वजनिकस्थानमा रहेका फोहर उठाएर अभियानको थालनी गरेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिए यो अभियानले वीरेन्द्रनगरलाई देशकै नमूना शहर बनाउने र प्रदेशको पर्यटन विकास वृद्धि हुने पनि उनले बताए मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा शुरु भएका सोे अभियानमा प्रदेश नं ६ का मन्त्रीहरु, प्रदेशसभा सदस्य, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी, नेपाली सेनालगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?