आल्भेसमाथि रियलको सहज जित

काठमाडौं । स्पेनिस ला-लिगा फुटबलमा रियल मड्रिडले आल्भेसमाथि सहज जित हात पारेको छ ।

घरेलु मैदानमा शुक्रवारर राति रियलले आल्भेसमाथि २-० को सहज जितनिकालेको हो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका बेन्जिमा खेलको नायक सिद्ध भए । पेनाल्टीमा पहिलो गोल गरेका उनले दोस्रो गोलका लागि समेत पास उपलब्ध गराएका थिए ।

खेलको ११ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर रियलला अग्रता दिलाएका बेन्जिमाले ५० औँ मिनेटमा एसेन्सियोलाई गोलका लागि पास दिलाएका थिए । पाहुना टिमका जिमो नवारोले फेरोमे मेन्डीलाई फल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो ।

रियल मड्रिड यो सिजनको लिग उपाधिबाट मात्र दुई जित टाढा रहेको छ । शीर्ष स्थानको रियलले ३५ खेलबाट ८० अंक जोडेको छ । उसले दोस्रो स्थानको बार्सिलोनासंग स्पष्ट ४ अंकको अग्रता बनाएको छ ।

लिगमा तीन चरणको खेल बाँकी रहदा रियललाई उपाधिका लागि दुई खेलमा जित निकाले मात्र पुग्नेछ । आल्भेस ३५ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?