काठमाडौं, १२ फागुन । नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) को सातौं बैठक सुरु भएको छ । हरेक तीन महिनामा बस्दै आएको प्रबुद्ध समूहको बैठक आइतबारसम्म चल्नेछ नेपाल–भारतबीचको सम्बन्धलाई थप सुदृढ र सुमधुर बनाउने उद्देश्यले गठन भएको उक्त समूहले दुई देशबीच भएका सन्धिको पुनरावलोकन, खुला सिमानामा उत्पन्न समस्या तथा त्यसको समाधानका विषयमा छलफल गर्दै आएको छ बैठकमा दुई देशबीचको सुरक्षा संवेदनशीलता, जलस्रोत, व्यापार, सांस्कृतिक सम्बन्धमा छलफल भई प्रारम्भिक मस्यौदाको काम सुरु भएको बताइएको छ । समूहले नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझावसहितको प्रतिवेदन नेपाल र भारत सरकारलाई दिनेछ समूहमा नेपालका तर्फबाट कूटनीतिज्ञ तथा पूर्वपरराष्ट्रमन्त्री डा.भेषबहादुर थापा, परराष्ट्रविद् डा.राजन भट्टराई, संविधानविद् नीलाम्बर आचार्य र कानूनविद् सूर्यनाथ उपाध्याय सदस्य रहेका छन् त्यस्तै भारतीय पक्षबाट भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती सदस्य रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया