भारतमा कोरोनाबाट एकैदिन ५०७ जनाको मृत्यु, २४ हजार बढी नयाँ संक्रमित

भारतमा कोरोनाभाइरसबाट एकैदिन ५०७ जनाको मृत्यु भएको छ । यस्तै आजै २४ हजार ७५७ जना नयाँ संक्रमित पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको कूल संख्या ८ लाख १९ हजार ५९९ पुगेको छ । हालसम्म भारतमा कोरोनबाट मृत्यु हुनेको कूल संख्या २२ हजार १३० को मृत्यु भएको छ । भारत कोरोना संक्रमणका हिसावले विश्वको तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?