प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्दै

काठमाडौं । आज (शुक्रवार) प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीहरुको नाममा सम्बोधन गर्ने भएका छन् ।

नेपाल टेलिभिजनबाट राति ८ बजेको समाचार पछि सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने, “सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले देशवासीहरूलाई गर्नुभएको संबोधन अहिले बेलुका ८:०० बजेको समाचारपछि नेपाल टेलिभिजनबाट प्रशारण हुने जानकारी सबै संचारमाध्यम र संचारकर्मीहरूलाई जानकारी गराउन चाहन्छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?