हेर्नुहोस् २०७७ साल असार २७ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ आषाढ २७ गते । शनिवार । इ.स. २०२० जुलाई ११ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । श्रावण कृष्णपक्ष । तिथी– षष्ठी,१२ बजेर ५८ मिनेट उप्रान्त सप्तमी । नक्षत्र– पूर्वाभाद्रपदा,०५ बजेर ५९ मिनेट उप्रान्त उत्तरभाद्रपदा ।

योग शोभन,२२ बजेर ०२ मिनेट उप्रान्त अतिगण्ड । करण– वणिज,१२ बजेर ५८ मिनेट उप्रान्त भद्रा,२५ बजेर ५३ मिनेट उप्रान्त बव । आनन्दादिमा–काल योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय ५ बजेर १७ मिनेटमा, सूर्यास्त १९ बजेर ०० मिनेटमा । दिनमान ३४ घडी १८ पला । पञ्चक । विश्व जनसंख्या दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पढाई लेखाईमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ ।

व्यापार व्यवसायमा बढी नै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । तर पनि विदेशी सामानको खरिद बिक्रिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ ।

कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरी हुने योग रहेको छ । समाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,ईज्जत प्रतिष्ठामा वृद्धी भएर जानेछ ।

अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । कृषि क्षेत्रमा समय व्यतित हुने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा बलियो उपस्थिती रहनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सवालमा देश विदेशको यात्रा हुनेछ ।

माया प्रेमको गाँठो कसिलो भएर जानेछ । प्रशासनिक क्षेत्रमा गतिलो तथा सम्मानजनक उपस्थिती रहनेछ । कृषि क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउनेछ ।

व्यापार व्यवसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाई लेखाईमा मन नजानाले नतिजा आफूतिर ल्याउन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

अध्ययन,लेखन,कलासाहित्य तथा गीत संगीतमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ ।

प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

कुनै पनि विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । शत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ती पाईनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईकै पक्षमा हुनेछन् । नोकरीमा बढुवा हुने योग रहेको छ ।

प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यतित हुनेछ । पछी लाभ हुने काम शुरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आकस्मिक धन,सम्पत्ती लाभ हुने तथा चिठ्ठा,उपहार प्राप्तीको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीचको मायाको गाँठो कसिलो भएर जानेछ ।

सन्तान तथा छोराछोरीले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । विद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राजनीति तथा समाजसेवामा समय लगानी गर्दै हुनुहुन्छ जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ ।

अन्य व्यापार व्यवसायमा मन्दी आए पनि घरजग्गा तथा सवारी साधनको कारोवारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफ्नै मिहेनतले व्यवसायमा प्रगति गर्न सकिनेछ । लगनशिलताको साथ गरीने कामको उच्च मुल्याङ्कन हुनेछ ।

दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाईमा मन जानेछ भने पढाईकै सवालमा यात्रा गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सयममा काम गरी प्रशंसक तथा समर्थकहरु जुटाउन सकिनेछ । वुद्धि तथा बाणिको माध्यमले धेरैको मन आफुतिर खिच्न सकिनेछ । परिवारका साथ रमाईलो गर्दै मिष्ठान्न भोजनका साथ रमाउन सकिनेछ ।

गीत संगीत तथा मोडलिङ पेशा व्यवसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ । अध्ययनमा मन जानेछ भने खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

टाडिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमी कमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ ।

विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । नयाँ कामको अवसर आउने तथा गरीरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?