हेर्नुहोस् २०७७ साल असार २७ गते शनिवारदेखी श्रावण २ गते सम्मको साप्ताहिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सोमवार बिहानसम्मको समय मध्ययम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्याक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तर पनि विदेशी सामानको व्यापार तथा विदेशी सस्थामा काम गर्नेहरुको लागी समय उत्तम रहेको छ ।

सोमवार दिउसोबाट समय राम्रो रहेकोले नयाँ प्रबृधिको प्रयोग मार्फत रचनात्मक काम गरी धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । बिछोड भएका सम्बन्धहरु पुनः सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबीच विश्वास बढ्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।

राजनितिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेको छ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ । सोमबार दिउँसोबाट बुधवार साँझसम्मको समय मध्यम रहेकोले आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ ।

धोका दिने तथा आषा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्नेछ । तर पनि लामो दुरिको यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहेनेछ ।

बिहीवारबाट समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्याक्तित्वसँग राय बाजिनेछ । तर पनि विदेशी सामानको व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

साता राम्रो रहेकोले वौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ ।

दाम्पत्य सुख,प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ भने आम्दानीका नयाँनयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा रोजगारि पाउने समय रहेको छ ।

भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ । अध्यनमा प्रगती हुनेछ भने विद्यार्थी वर्गका लागि आजको दिन फलदायी रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सोमवार बिहानसम्मको समय मध्यम रहेकोले संकट व्यवस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन । अल्छि गर्ने बानिले काम बाँकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ ।

सोमवार दिउँसोबाट सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरीने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्र्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

साताको शुरु र अन्तको समय राम्रो रहेकोले व्यापारमा सामान्य प्रतिफल हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ ।

अध्ययनमा नतिजा आफैँतिर ल्याउन सकिनेछ । अतिथिको रुममा सम्पान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । सोमवार दिउँसोबाट बुधवार साझसम्मको समय मध्यम रहेकोले खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउनेछ । व्यापार व्यवसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

घरायसि सेवा सुविधाको उपयोग गरी अगाढि बढ्न सकिनेछ । आफन्त तथा साथीभाईको सहयोग पाईने योग रहेको छ । व्यापारमा मनग्गे सामान्य आम्दानी गरी आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने बिपरित लिङ्गको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

बिलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । बिहीवारबाट समय मध्यम रहेकोले व्यस्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महशुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । गोप्यता भङ्ग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । तर पनि धर्ममा आस्था तथा विस्वास राख्नेहरुका लागि समयले साथ दिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरुले मुक्ति पाउने समय रहेको छ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ ।

मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ । फेन्सी तथा विलाशी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी बढाउन सकिनेछ । साथी संगि तथा ईष्ट मित्रबाट उपहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । पढाई लेखाईमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफूतिर ल्याउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सोमवार बिहानसम्मको समय मध्यम रहेकोले आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ ।

सोमवार दिउँसोबाट समय राम्रो रहेकोले वौद्धिक व्यक्तीत्वहरु सामु तपाईले प्रश्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगी बढी नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतीमा मन रमाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

साताको शुरु र अन्तको समय राम्रो रहेकोले आँट शाहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुशार्थी काम गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

उद्योग तथा उत्पादन मुलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । लेखन,कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि समय फलदायी रहेको छ । प्रेममा सामिप्यता बढेर जानेछ ।

सोमवार दिउँसोबाट बुधवार साँझसम्मको समय मध्ययम रहेकोले राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईदेखी रिसाउनेछन् । तरपनि अन्य व्यापार व्यवसायमा मन्दी आउने भएपनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । बिहीवारबाट समय मध्यम रहेकोले राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचन गर्नेहरु सक्रिय हुनेछन् ।

बिरोधीहरुको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ती तथा सवारी साधनको कारोवार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनावश्यक टिका टिप्पणीमा समय व्यतित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तर पनि कृषि तथा पशुपालन व्यावसायबाट लाभ उठाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

प्रविधिको प्रयोग गरी रचानात्मक काम गरी धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलब्धीमुलक बन्दै जानेछन् । नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् ।

समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेको छ । सापटी लगिएका धन तथा सम्पत्ती फिर्ता हुने योग रहेको छ । गीत संगीत तथा मोडलिङ पेशा व्यवसायमा समय खर्चिनेहरुका लागि समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाईलो गर्ने अवसर जुर्नेछ । छोटो दुरिको यात्राको तय गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?