च्याम्पियन्स लिगको ड्र सार्वजनिक, कसको प्रतिद्वन्दी को ?

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ड्र सार्वजनिक भएको छ । युरोपियन फुटबल एसोसिएसन (यूईएफए) ले शुक्रबार क्वाटरफाइनल ड्र सार्वजनिक गरेको हो ।

क्वाटरफाइनलको ड्र अनुसार रियल मड्रिड र म्यानचेस्टर सिटीबीचको विजेताले युभेन्ट्स र लियोनबीचको विजेतासँग खेल्नेछ । अन्तिम १६ अन्तर्गत रियल र सिटीबिचको पहिलो लेगमा सिटी २-१ ले विजयी भएको थियो ।

युभेन्ट्स र लियोनबीचको पहिलो लेगमा युभेन्ट्स १-० ले पराजित भएको छ । यस्तै, बार्सिलोना र नापोलीबीचको विजेताले चेल्सी र बायर्न म्युनिखसंगको विजेतासँग खेल्नेछ ।

बार्सिलोना र नापोलीबीचको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो । चेल्सीविरुद्ध भने पहिलो लेगमा बायर्नले ३-० को जित निकालेको छ ।

उपाधि दाबेदार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इटालीको एटलान्टासँग खेल्नेछ । त्यस्तै,जर्मन क्लब आरबी लाईपजिगले एट्लेटिको मड्रिडसँग खेल्नेछ ।

पोर्चुगलको लिस्बनमा हुने क्वाटरफाइनलपछिका सबै खेल एक लेगको हुनेछ । क्वाटरफाइनलका खेल अगष्ट १२ देखि १५ सम्म हुनेछ ।

यस्तै, सेमिफाइनल खेल अगष्ट १८ र १९ मा हुनेछ । फाइनल अगष्ट २३ मा हुनेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?