भक्तपुर – भक्तपुरमा थप एकजनामा कोरोना भाईरस ‘कोभिड- १९’ संक्रमण पुष्टि भएको छ ।
पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको हो ।
बितेको २४ घण्टामा गरिएको ४ हजार ८ सय ६ वटा पिसिआर परिक्षणमा देशका विभिन्न स्थानका थप ११८ जनामा कोरोना भाईरस ‘कोभिड- १९’ संक्रमण पुष्टि भएकोमा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर ) मा मात्रै ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा थप २८ :
बितेको २४ घण्टामा काठमाडौंमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणका क्रममा १ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५ जना, त्रिभुवन विश्वविद्यायल शिक्षण अस्पताल पाटनमा गरिएको परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ललितपुरमा थप १३ :
यस्तै ललितपुरमा बितेको २४ घण्टामा थप १३ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । पाटन अस्पताल प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा ललितपुरका थप १३ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको हो ।
पछिल्लो एक सातादेखि दैनिक रुपमा उपत्यका (काठमाडौं भक्तपुर र ललितपुर) मा संक्रमित थपिईरहेका छन् ।
उपत्यकाका तीन जिल्लामा संक्रमितको संख्या बृद्धि :
पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या बृद्धि भइरहेको छ ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको छ ।
पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमितको संख्या घटीरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।
यो पनि पढ्नुहोस् :
बढ्यो जोखिम : काठमाडौं उपत्यकामा एकैदिन ४२ जनामा कोरोना पुष्टि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया