महिनावारीमा पेट दुख्यो ? यी उपाय अपनाएर हेर्नुहोस् त ! (टिप्ससहित)

काठमाडौं – महिनावारी सामान्य प्रक्रिया भएतापनि अधिकांश युवतीको टाउको दुखाई यस प्रक्रियामा हुने समस्याले दिन्छ ।

व्यस्त जिम्मेवारी पूरा गरी प्राकृतिक प्रक्रीयामा आइपरेको यो समस्यासँग हरेक महिना जुध्नुपर्ने बाध्यात्मक अवस्थाले रुवाउँछ धेरै युवतीलाई ।
महिनावारी (अङ्ग्रेजी: Menstruation) महिलाको गर्भाशयको भित्री अस्तर रगत र ऊतक योनीबाट निष्कासन हुने प्रक्रिया हो । नेपाली विकिपिडीया लेख्छ, ”साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ । कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ ।”

महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ भित्रमा सकिन्छ । हिजोआज धेरै बच्चीहरु  १० वर्षमा नै महिनावारी हुने गरेका छन् ।

महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो सामान्य प्रक्रिया हो । हाम्रो शरीरमा भएका रागरसहरू को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ ।

महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना प्रजननका लागि तयार भएको सङ्केत हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।

कसैको रातो रगत हलुका कालो छाँयाजस्तो रुपमा पनि बाहिर निस्कन्छ । पहिलो पटक महिनावारी सुरु हुने उमेर, प्रत्येक महिनाको महिनावारीबिचको अन्तर र महिनावारी बन्द हुने समय प्रत्येक महिलामा फरक फरक हुन्छ । यदि कुनै युवतीको पहिलो महिनावारी १६ वर्षमा मात्र भएको छ भने पनि यसलाई सामान्य नै मान्न सकिन्छ तर यदि महिनावारी हुनु पर्ने सामान्य वर्षभन्दा ढिला भएमा डाक्टर वा स्वास्थ्यकर्मीसंग सल्लाह सुझाब सहित उपचार सेवा लिन सकिन्छ ।”

धेरै पेट दुख्छ ? 

महिनावारी हुनुअगाडी, भएको बेला र रगत आउँदासम्म कसैलाई धेरै नै पेट दुख्ने गर्छ। महिनावारीबारे आवश्यक ज्ञान नहुँदा स्कुले किशोरीले निकै असजिलो महसुस गर्छन् । कसैले पढाई छाडेर घरमा नै बस्छन् । प्रायःकिशोरीहरुमा १३–१४ वर्षदेखि १७–१८ वर्षसम्मको समयमा महिनावारी नियमित हुने गरेको पाइदैन। महिनावारीको समयमा कहिले– कसैलाई धेरै रक्तश्राव भइरहेको हुन्छ भने कसैलाई कम रक्तश्राव हुने गर्छ। तर, यो सामान्य प्रक्रिया हो। झण्डै चालिस प्रतिशत किशोरीमा यस्तो समस्या देखापर्छ। तर अत्याधिक रगत देखिनुका साथै पेट दुखेको खण्डमा तपाईले चिकित्सकसँग परामर्श लिनुपर्छ ।

अनियमित हुन्छ ?

प्रथम पटक महिनावारी भइसकेपछि महिनावारी अनियमित हुन्छ । कसैमा नियमित पनि हुनसक्छ । महिनावारी सुरु हुँदा कुनै किशोरीलाई १–२ महिनासम्म पनि महिनावारी नहुन सक्छ तर बिस्तारै युवा अवस्थामा प्रवेश गरिसकेपछि महिनावारी नियमित हुँदै जान्छ।
महिनावारी हुने समयावधि ३ देखि ५ हप्ता हो । औसतमा ४ हप्ता वा महिना–महिनामा हुने हुनाले नै मिन्सुरेन्सलाई महिनावारी भन्ने गरिएको हो । यदि ५ हप्ताभन्दा पनि बढी समयमा मात्रै महिनावारी भयो भने त्यसलाई ढिलो वा अनियमित भनिन्छ । नियमित महिनाबारी अरु बेलाभन्दा अगाडि पछाडि हुने भएमा महिनावारी गडबडी भन्न सकिन्छ। यसका केहि कारण छन् ।

महिनावारीको गडबडी मुख्यतः हार्मोनल कारणसँग जोडिएको हुन्छ । ओभरीमा ‘पोलिस्टिक’ हर्मोन बढेर वा थाइराइड हर्मोन बढ्नाले पनि महिनावारीमा अनियमितता देखिन सक्छ ।
अथवा, अन्डाशय वा पाठेघरमा संक्रमण भएमा पनि गडबडी हुन्छ।
बंशाणुगत कारणले पनि यस्ता समस्या देखिन्छ ।

शारीरिक लक्षणहरू

स्तन दुख्ने, सुन्निने र कोमल हुने।

अङ्ग प्रत्यङ्गहरू सुनिने, फुलिने र पीडा हुने ।

तल्लो पेट फुलेको जस्तो हुने ।

शरीरको तौल बढ्ने।

टाउको दुख्ने।

धपेडी हुने।

मनोवैज्ञानिक र बानी व्यहोरागत परिवर्तनहरू पनि हुन्छन्, यो समयमा

मनोभावमा अस्थिरता हुनु र झोक्कीनु

एकाग्र हुनमा कठिनाइ

ईरिटेसन हुनु

बिर्सिने बानी

आवेगशील भएर प्रतिक्रिया गर्नु र व्यवहार गर्नु

निदाउनमा कठिनाइ, निन्द्रा नलाग्नु वा निन्द्रालु हुनु

भोक र खानाको प्राथमिकतामा परिवर्तन

झनक्क झर्किनु

औषधी हुनसक्छ, तुलसीको पात र हट ब्याग

अनियमित महिनावारीको एकमात्र अचुक उपाय हो, तुलसी पत्ता सेवन । यसमा पाइने तत्वले तनाव कम गर्ने र हर्मोनको मात्रा सन्तुलन गर्न मद्दत पुर्याउने वैज्ञानिकले पत्ता लगाएका छन् । तुलसीले कोर्टिसोल हर्मोनलाई नियन्त्रण गर्छ जसले गर्दा महिनावारी नियमित हुन्छ ।

यसरी गर्नुहोस् प्रयोग

१० ग्राम तुलसीको दानामा पानी उमालेर नियमित रुपमा विहान पिउने ।

तुलसीको चिया, यसको पानी वा यसको पात खाने ।

महिनावारीको बेला पेट दुख्दैमा आत्तिहाल्नु पर्दैन। यो सामान्य प्रत्रmिया हो । हरेक महिलालाई यस्तो अवस्थामा पीडा हुन्छ फरक यत्ति हो कि यो पीडा थोरै वा धेरै हुन्छ ।

महिनावारी भएको बेलामा पेट दुख्नु सामान्य लक्षण हो। अलिकति पीडा हुनासाथ औषधीको सेवन हानीकारक छ ।

यसले किशोरीलाई एकदमै धेरै पीडा दिन्छ तर यो राम्रो संकेत हो। जुन किशोरीलाई महिनावारीको समयमा पीडा हुन्छ त्यस्ता किशोरीको प्रजनन क्षमता राम्रो हुन्छ,त्यसैले महिनावारीमा पेट दुख्नुलाई नराम्रो मान्न नहुने चिकित्सक बताउँछन् । धेरै मोटोपना र दुव्लोपनाका कारणले पनि महिनावारी नियमित नहुने समस्या हुन्छ। यस्ता समस्या भए तुरुन्तै स्वास्थ्य परीक्षण गराउनुपर्दछ। सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

कतिपय मुलुकमा महिनावारीका समयमा कामकाजी महिलालाई बिदा दिने समेत चलन समेत छ । नेपालमा त्यो चलन छैन । तर कार्यालयमा पनि तपाईँले साथीभाईको सहयोग लिएर आराम गर्न सक्नुहुन्छ । वा हलुका काम गर्न सक्नुहुन्छ ।
यो समयमा पीडा बढी भयो भने स्वास्थ्य परीक्षण गर्नुपर्छ। शरीरमा रगतको मात्रा कमी हुन दिनु हुँदैन।
झोलिलो खानेकुरा खानुपर्छ ।

महिनावारी भएको बेला पेट, ढाड , कम्मर दुख्नु, खपि नसक्नु पेट दुख्ने, वाकवाकि लाग्ने , खान मन नलाग्ने र दैनिक काम गर्न समस्या हुने हुन्छ । कतिपयलाई यो लक्षण लामो समयसम्म पनि हुन सक्छ । केहि महिलाले दुखाई सहन नसकेर आफूखुसी औषधी सेवन गर्ने गरेको पाइन्छ । तर यसो नगर्नन चिकित्सकले सुझाएका छन् ।

हृदयघातजस्तै खतरनाक

सन् २०१६ मा लण्डन युनिभर्सिटी कलेजका एकजना प्रोफेसरले महिनावारीको दुखाइ हृदयघातजस्तै खतरनाक हुने बताए । उनले गरेको अनुसन्धानबाट यस्तो खुलेको थियो । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित उक्त अध्ययनमा उल्लेख भएअनुसार नेदरल्याण्डका १५ देखि ४५ वर्ष बीचका ३२,७४८ महिलाहरुमा अध्ययन गरिएको थियो । उक्त अध्ययनमा संलग्न २६,४३८ जना महिलाहरुले महिनावारीको समयमा दुखाइको बाबजुद पनि अफिस जाने गरेको बताए । अध्ययनका क्रममा ४,५१४ जनाले महिनावारीमा छुट्टी नै लिएर बसेको पाइयो ।

यो पनि…

दुध

क्याल्सियमको निकै राम्रो स्रोत भएकोले महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस्

मेवा

महिनावारी भएको बेला मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ ।

गाजर

महिनावारी भएको बेला एक ग्लास गाजरको रस पिउनाले रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।

घिउकुमारी

महिनावारी भएको बेला एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गर्न सकिन्छ ।

तुलसी

पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् ।

तातो पानी

तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।

अदुवा

एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् ।

व्यायाम

हुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।

खजुर

बिहान हरेक दिन खाली पेटमा ५० ग्राम भिजाएको खजुर खाने पानी पनि लाभदायिक हुन्छ ।

चुकन्दर

चुकन्दरको ताजा रस सानो गिलासको १ गिलास दैनिक बिहान १ महिना सम्म पिउनाले आइरन क्याल्सियम र अन्य मिनिरलसको मात्रा बढी पाइने हुँदा दुखाईलाई मद्दत पुग्दछ ।

तातो पानीमा खुट्टा डुबाउनु :  हरेक दिन विहान र बेलुका आफ्नो दुवै खुट्टा तातो पानीमा डुबाउनुपर्दछ ।

मालिस  : एनिमा र पेट, कम्मर मालिस गर्नाले पनि पीडाबाट छुट्कारा पाउन सकिन्छ ।

एजेन्सीको सहयोगमा/Photo : google

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?