ओमानबाट तेस्रो उद्धार उडान : १ सय ८० नेपाली नेपाल आउँदै

काठमाडौं । ओमानमा अलपत्र परेका १ सय ८० नेपाली कामदार लिएर सलाम एयरको विमान उडेको छ । अलपत्र परेका नेपाली कामदारलाई सलाम एयरको विमान बिहान ८ः०० बजे उडेको हो ।

दूतावासका अनुसार विमानमा एक शिशु ,२ नाबालक सहित १ सय ४७ पुरुष र ३३ महिला रहेका छन् ।

विमानमा सवार सबैले आफैले टिकट काटेर फर्किएका र उनीहरुको पीसीआर परीक्षण गरीमात्र उनीहरुलाई नेपाल फर्काइएको दूतावासले जनएको छ ।  ओमानबाट यो तेस्रो ‘उद्धार’ विमान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?