प्रदेश ६: संसद बैठक बस्दै, नाम र स्थायी राजधानी तोक्ने

सुर्खेत, १२ फागुन । प्रदेश नं. ६ को प्रदेशसभा चौंथो बैठक शनिबार बस्ने भएको छ सो बैठकले प्रदेश नं. ६ को नामाकरण र प्रदेशको स्थायी राजधानीका लागि दुई–दुई वटा नाम तोक्ने तयारी गरेको गरेको छ । नामका लागि ‘भेरी–कर्णाली’ र ‘कर्णाली’ प्रस्ताव गरिएको छ । यसैगरी राजधानीका लागि सुर्खेत र जुम्ला प्रस्तावित छ संविधानले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने अधिकार सम्वन्धित प्रदेशसभालाई नै दिएको छ । प्रदेश ६ को अस्थायी राजधानी सरकारले सुर्खेत तोकिदिएको छ भने नाम राखिएको छैन शनिबार बस्ने प्रदेशसभाको चौंथो बैठकमा प्रदेशको स्थायी राजधानी र नामबारे छलफल हुने उपसभामुख पुष्पा घर्तीले जानकारी दिइन् । बैठक शनिबार दिउँसो १ बजे बस्ने छ यसअघि गत बुधबार निर्धारण गरिएको बैठक सांसदहरुको अनुपस्थितिका कारण बस्न सकेको थिएन । महत्वपूर्ण एजेण्डामा बस्न लागेको बैठकमा पनि सांसदहरु उपस्थित नभएपछि आलोचना भएको थियो शनिबार बस्ने बैठकमा भने सांसदहरु अनिवार्य उपस्थित हुन सबै राजनीतिक दलहरुले ह्वीप जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?