लागूऔषध गाँजा सहित ३ जना पक्राउ

काठमाडौं । मकवानपुरमा लागूऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिका-१६ चिसापानी चोकबाट अवैध लागूऔषध गाँजा ७ केजी सहित सोही उपमहानगरपालिका-१५ बस्ने ५८ वर्षीय राम बहादुर भोलन समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?