जाजरकोटमा पहिरोमा परी १२ जनाको मृत्यु ( नामावलीसहित)

जाजरकोट । जाजरकोटमा पहिरोको कारण १२ जनाको ज्यान गएको छ ।

जिल्लाको बारेकोट गाउँपालिका वडा नं ४ मा गएराति परेको वर्षासँगै आएको पहिरोको कारण उनीहरुको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा गोपाल सार्की(५२ वर्षीय), उनकी श्रीमती पुष्पा सार्की (५० वर्षीया), छोरा-छोरी क्रमशः अर्जुन सार्की (११ वर्षीय) र लक्ष्मी सार्की(१३ वर्षीय) रहेका छन् ।

त्यस्तै ज्यान गुमाउनेमा कलु सार्की, उनका दुई छोरीहरु, तिर्खा सार्की (१४ वर्षीया) र कमला सार्की (११ वर्षीया) तथा छोरा शुभाष सार्की रहेका छन् ।

त्यस्तै अन्य डिल्ली सार्की (२० वर्षीय), गौरी सार्की (१४ वर्षीया), कविता सार्की (१४ वर्षीया) र विरेन्द्र सार्की (१८ वर्षीय) रहेका छन् । उनीहरु चौतारा ९ कुशेटोल सार्कीगाँउबाट कलु सार्कीको घरमा पाहुँना लाग्न गएका थिए ।

अविरल बाढी पहिरोको कारण केहिदिन यता देशका विभिन्न ठाँउहरुमा ठुलो धनजनको क्षति भइरहेको छ । केहिदिन अझै अविरल वर्षा हुने भएकाले मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?