शनिवार पनि बैंक सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमााडौं । नेपाल राष्ट्र बैंकले शनिबार अर्थात भोलि पनि बैंकहरू खुला राख्न निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकका अनुसार कोरोना महामारीको कारण सरकारले राजस्व उठाउन नसकेको र सर्वसाधारणलाई सहजता प्रदान गर्नको लागि शनिवार पनि बैंकहरु सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?