कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, १२ फागुन । संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ देशमा प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन सम्पन्न भइसके पनि कांग्रेसले दलको नेता चयन गर्न कुनै पनि प्रक्रिया सुरु गरेको छैन । यसकै तयारीका लागि कांग्रेसले शनिबार बिहान ९ बजे पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको बैठक बस्न लागेको जानकारी कांग्रेस नेताहरुले जानकारी दिएका छन् बैठकमा पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित सदस्यहरुलाई बोलाइएको छ कांग्रेसको प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभाका १३ गरी जम्मा ७६ सांसद छन् कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय दलको नेता चयन, विधान संशोधन बैठकको मुख्य एजेण्डा भएको जानकारी दिए । शर्माका अनुसार अघिल्लो विधानले राष्ट्रियसभा नचिनेकाले विधान संशोधन गर्नुपर्ने आवश्यकता छ आज बस्ने बैठकले संसद दलको नेता चयन प्रक्रिया सुरु गरे पनि सांसदले शपथ लिएपछि मात्रै नेता चयन गर्ने तयारी रहेको प्रवक्त शर्माले जानकारी दिए संसदीय दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवासँगै महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दाबी गर्दै आएका छन् यसले कांग्रेस संसदीय दलको नेता छनोट यसपटक प्रतिष्पर्धात्मक हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?