छुट्टाछुट्टै शंकास्पद मृत्युको घटनामा ७ जना पक्राउ

काठमाडौं – चितवन प्रहरीले केहि समयअघि भएका दुई छुट्टाछुट्टै शंकास्पद मृत्युको घटनामा ७ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

असार १८ गते आफ्नै बारीमा मृतावस्थामा भेटिएका भरतपुर – २५ शुक्रनगरका २७ वर्षीय सञ्जय खनालको मृत्यु प्रकरणमा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० मा बोरामा पोको पारेर फालिएका भरतपुर १४ का राजकुमार गुरुङको हत्याको आशङ्कामा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । file :photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?