एन्फाद्वारा सेनाको फुटबल मैदानमा अन्तर्राष्ट्रिय स्तरको चेन्जिङ रुम निर्माण

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली सेनाको मुख्यालय भद्रकालीमा रहेको फुटबल मैदानमा अन्तर्राष्ट्रिय स्तरको चेन्जिङ रुम निर्माण गरेको छ ।सेनाको जंगी अड्डा अगाडी रहेको मैदानको भीभीआईपी प्यारापिटमुनि रहेको २ वटा खेलाडी चेन्जिङ रुम र रेफ्री चेन्जिङ रुमलाई एन्फाले सुविधासम्पन्न बनाएको हो ।

उक्त मैदानलाई ट्रेनिङ मैदानको रुपमा प्रयोग गर्ने भएपछि एन्फाले चेन्जिङ रुमसहित अन्य आवश्यक पूर्वाधारको निर्माण गरेको हो ।

एन्फाले खेलाडी चेन्जिङ रुमलाई कार्पेट, रंग रोगन गर्नुका साथै खेलाडीलाई आवश्यक पर्ने व्यक्तिगत लकरसहित ड्रयर, फिजियोथेरापी बेड, फ्रिज राखेको छ । यस्तै रेफ्री चेन्जिङ रुममा व्यक्तिगत लकरसहित ड्रयर, सोफा टेबल लगायत आवश्यक सामग्री उपलब्ध गराएको छ ।

एन्फाले उक्त निर्माणका लागि करिब १५ लाख खर्च भएको जनाएको छ । एन्फाले खेलाडी बक्ससहित अन्य पूर्वाधार समेत निर्माण गरिने जनाएको छ ।

एन्फाले शुक्रबार सेनालाई चेन्जिङ रुम हस्तान्तरण गरेको छ । यस्तै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच मैदान प्रयोगका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?