सुनको भाउ घट्यो, कति पुग्यो ?

काठमाडौं – साताभर उतारचढाव भईरहेको सुनको भाउ साताको अन्तिम दिन आज (शुक्रबार) घटेको छ ।

बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको भाउ तोलामा दुई सय रुपैयाँ प्रतितोलाले घटेर प्रतितोला ९२ हजार २ सय कायम भएको छ ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा २ सय ५ रुपैयाँले घटेको छ । आज तेजाबी सुनको मूल्य ९१ हजार सात सय ६० कायम छ । यस्तै शुक्रबार चाँदीको भाउ भने तोलाको ९ सय ८० रुपैयाँमा स्थिर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?