च्याम्पियन्स लिग छनोटको नजिक सेभिल्ला

काठमाडौं । सेभिल्ला च्याम्पियन्स लिग छनोटको नजिक पुगेको छ । बिहिबार राति एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै सेभिल्ला च्याम्पियन्स लिग छनोटको नजिक पुगेको हो ।

ला लिगाको शीर्ष चारमा रहेको सेभिल्लाले घरेलु टोली बिल्बाओमाथि २-१ को पुनरागमन जित हात पर्‍यो । लिगमा तीन चरणको खेल बाँकी रहदाँ सेभिल्लाले पाँचौ स्थानको भिल्ला रियलमाथि ६ अंकको अग्रता कायम राखेको छ ।

घरेलु टोलीका एन्डर कोपाले २८ औं मिनेटमा गोल गर्दै सेभिल्लालाई खेलमा पछि पारेका थिए । एभर बनेगाले ६९ औं मिनेटमा पाहुना टोलीका लागि बराबरी गोल फर्काए ।मुनीर एल हदादीले ७४ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई पुनरामगन जित दिलाए ।

जितसंगै सेभिल्ला ६३ अंक सहित तालिकाको चौथो स्थानमा छ । बिल्बाओ क्लब ४८ अंक सहित तालिकाको नवौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?