‘फेस रिडर’ भनिने अर्जुन क्षेत्री पक्राउ

काठमाडौं । फेस रिडर भनिने ज्योतिषी अर्जुन थापा क्षेत्री पक्राउ परेका छन् । क्षेत्रीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीवार पक्राउ गरेको हो ।

आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षेत्रीलाई पक्राउ गरिएको हो । त्यसबारेमा अहिले उनको अनुसन्धान भईरहेको अख्तियार स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षेत्रीसहितको टोलीले चार करोडको माग गरेका थिए । बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलेको बताइएको छ।

उक्त ५० लाख रुपैयाँ लिन जाने क्रममा क्षेत्रीसहित अन्य तीनजनालाई अख्तियारले पक्राउ गरेको हो । क्षत्री यसअघि पनि नेपालमा ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?