प्रदेश सरकारको विपद् कोषमा १० लाख रुपैयाँ सहयोग

सुर्खेत । ग्लोबल आईएमई बैंकले कर्णाली प्रदेश सरकारको कोरोना विपद् कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ । बिहीवार ग्लोबल आईएमई बैंक कर्णाली प्रदेशका प्रमुख मदनकुमार मुल्मीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । सो अवसरमा मुख्यमन्त्री शाहीले विपद्को बेला सरकारसँगै छौँ भनेर सकरात्मक सन्देश दिई आफ्नो उत्तरदायित्व पूरा गरेको भन्दै बैंकको टोलीलाई धन्यवाद दिए।

बैंकका कर्णाली प्रदेश प्रमुख मुल्मीले बैंकले गर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत सो रकम कर्णाली प्रदेश सरकारको कोरोना विपद् कोषमा हस्तान्तरण गरिएको बताए । उनले बैंकले विशुद्ध नाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्वलाई पनि आत्मसात् गरेको जनाए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?