२०७७, २६ असार शुक्रबार ०८:१३

के छ भारतले नेपाललाई पठाएको कूटनीतिक नोटमा ?


प्रकाशित मिति : २०७७, २६ असार शुक्रबार ०८:१३

नेपालले कूटनीतिक नोट पठाएर पटक पटक वार्ताका लागि आग्रह गरेपनि चासो व्यक्त नगरेको भारतले यसपटक भने कूटनीतिक नोट पठाएर कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर राजनीतिक नक्सा जारी गर्दै नेपालले वैधता दिएकोमा आपत्ति जनाएको छ ।
राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बिहीबार सभापति रामनारायण बिडारीले उक्त कुराको खुलासा गरेका हुन् ।
परराष्ट्र उच्च स्रोतका अनुसार भारतले उक्त कूटनीतिक नोटमा द्विपक्षीय वार्ताका लागि नेपाललाई विश्वास र भरोसापूर्ण वातावरण निर्माण गर्न आग्रह गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस