काठमाडौं, १२ फागुन- राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मिति तोकेसँगै सत्तासीन दल नेकपा एमालेभित्र दौडधुप बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको एमालेमा राष्ट्रपतिका लागि सबैभन्दा बढी आकांक्षी देखिएका छन् आयोगले २९ फागुनमा राष्ट्रपति निर्वाचन मिति तोकेको छ । राष्ट्रपतिका लागि एमालेभित्र दाबेदारहरूले लबिङ गरिरहेका छन् । राष्ट्रपति पदका लागि एमालेभित्र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले पूर्वअध्यक्ष झलनाथ खनाल र पूर्वसभामुख समेत रहेका एमाले नेता सुवास नेम्बाङ लबिङमा छन् । यस्तै, नेता माधवकुमार नेपाललाई समेत केही नेताले राष्ट्रपतिका लागि उम्मेदवार बन्न हौस्याएका छन् एमाले उच्च स्रोतका अनुसार वर्तमान राष्ट्रपति भण्डारीलाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली रहेका छन् । तर, उनलाई पार्टीभित्रै ब्यालेन्स मिलाउन पनि भण्डारीबाहेकलाई नै राष्ट्रपति बनाउनुपर्ने दबाब छ । वर्तमान राष्ट्रपति भण्डारीले राष्ट्रपति पदका लागि माओवादी केन्द्रको समेत साथ लिएर सकेसम्म सहमतिमा नै कार्यकाल दो¥याउन चाहेकी छन् राष्ट्रपतिका लागि एमाले नेता नेम्वाङले आफूनिकटका नेतासँगको भेटघाटलाई तीव्रता दिएका छन् । उनले आफ्ना निकटका नेतासँग आफूलाई उपप्रधानसहित जिम्मेवार मन्त्रालय लिएर सरकारमा सहभागी हुन प्रधानमन्त्रीबाट आग्रह भएको भए पनि आफ्नो इच्छा मन्त्रीमा नभएको भन्दै राष्ट्रपतिमा नै रहेको बताएका छन् । अर्का नेता खनालले त सार्वजनिक कार्यक्रमहरूमा नै पार्टीले जिम्मा दिए आफू राष्ट्रपतिका लागि तयार रहेको दाबी गर्दै आएका छन् । राजधानी दैनिकमा खबर छ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया