सुनको अक्षरले लेखेको १६ पाना धर्मग्रन्थ ५ करोडमा बेच्न खोजियो, जब पायो प्रहरीले सूचना

काठमाडौं । सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थ पानाहरु बेचबिखनमा सक्रियहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

बु्धबार काठमाडौंको चन्द्रागिरीमा केही मानिसहरुले लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ बोलेर हिँडेको सूचना प्रहरीमा पुगेपछि प्रहरीले उनीहरुको पीछा शुरु गरेको थियो । सो ग्रन्थ पाँच करोड रुपैँयामा खरिद बिक्री गर्न मोलमोलाई गरिरहेको भन्ने सूचना प्रहरीकहाँ पुगेको थियो ।

सोही आधारमा खटिएको महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले मोलमोलाई गरिरहेको अवस्थामा सुनौलो अक्षरले लेखिएको १६ पाना बुद्ध धर्मको ग्रन्थसहित ६ जना व्यक्तिहरूलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता राजकुमार केसीका अनुसार पक्राउ पर्नेमा खोटाङका गेहेन्द्र सिंह आत्रय, काभ्रेका जनक गिरी, ओखलढुंगाका सुबास कुमार बस्नेत, ओखलढुंगाका हरि बहादुर लामिछाने, काठमाडौँका राजेन्द्र बहादुर जोशी र नुवाकोटका रोशन तामाङ रहेका छन् ।

उनीहरुले सो ग्रन्थ कहाँबाट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?