भारतीय मिडियाले नेपाल लक्षित प्रशारण गरिरहेको समाचारप्रति गगन थापाको यस्तो आपत्ती

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन थापाले भारतीय मिडियाले नेपाललक्षित प्रकाशन तथा प्रशारण गरिरहेको अफवाहपूर्ण समाचारप्रति आपत्ती जनाएका छन् ।

सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गरी प्रशारण गरेको समाचारले सबैलाई अपमानित गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सांसद थापाले भारतीय मिडिया बन्देज लगाउन समेत आग्रह गरेका छन् ।

साथै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवादमा चिनियाँ राजदूत योउ यान्छीको अशोभनीय संलग्नता भएको भन्दै आपत्ती जनाए । उनले भनेका छन्, “नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ,प्रश्न गरौँ। तर यो सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा प्रधानमन्त्रीज्यूलाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको छ।त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउँ।” 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?