Breaking News -राजधानीमा प्रहरी गुण्डा गोली हानाहान, एक जना घाईते

काठमाण्डौं, ६असोज ।राजधानीको पेप्सीकोला स्थित मनोहरा पुलमा गोली चलेको छ । महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले चलाएको गुण्डा अप्रेशनमा गोली लागि एकजना घाईते भएका छन ।अप्रेशन अन्तर्गतको टोली मनोहरा पुगी गुण्डा समुहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै आक्रमण गरेपछि प्रहरीले जवाफि गोली चलाएको महाशाखा प्रमुख एसएसपि दिवेश लोहनीले  बताए ।प्रहरीको गोली लागि रामेश्वर गौतम नामका एक व्यक्ति घाईते भएका छन । घाईते गौतमको दायाँ खुट्टामा गोली लागेको र उनलाई उपचारका लागि वीर अस्पतालमा राखिएको छ । घटनाबारे थप विवरण आउन बाँकि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?