विभाजित विश्वले महामारीमाथि विजय गर्न नसक्ने विश्व स्वास्थ्य संगठनको भनाइ

जेनेभा । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट औपचारिक रूपमा फिर्ता हुन थालेपछि यस कदमले वर्तमान कोरोनाभाइरसविरूद्धको विश्वव्यापी अभियानलाई प्रभावित पार्नसक्ने भन्दै राष्ट्रसंघीय उक्त निकायले संयमित बन्न सम्वद्ध सबैलाई आग्रह गरेको छ ।

“विभाजित संसारले कोरोनाभाइरस सङ्कटलाई जित्न सक्दैन,” विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेसेयससले बिहीवार भने ।

विश्वलाई बन्धक बनाउने भाइरसलाई दुश्मनको सज्ञा दिँदै उहाँले राष्ट्रसंघीय स्वास्थ्य निकायको जिनेभास्थित मुख्यालयमा गरिएको पत्रकार सम्मेलनमा भने, “हामी यस महामारीलाई विभाजित संसारको रूपमा हराउन सक्दैनौँ । दुश्मनलाई फाइदा दिन चाहँदैनौं भने सहकार्य नै यसको समाधान हुनेछ ।”

यसैबीच समस्यालाई थप सहज रूपमा समाधान खोज्न भन्दै डब्लुएचओले महामारी प्रतिरोध समितिको गठन पनि गरेको छ ।

अमेरिकाले कोरोनाभाइरस सङ्कटसम्बन्धी विषयमा विश्व स्वास्थ्य संगठनको भूमिकालाई लिएर आलोचना गरेपछि न्यूजील्याण्डका पूर्व प्रधानमन्त्री हेलेन क्लार्क र लाइबेरियाका पूर्व राष्ट्रपति एलेनजनेनसोन सरलिफको नेतृत्वमा महामारी प्रतिरोधका लागि स्वतन्त्र समितिको गठन भएको हो ।

जिम्मेवारीबारे बोल्दै डब्ल्यूएचओ प्रमुख गेब्रियससले भने, “के भएको छ भन्ने सत्यतालाई बुझ्न र हाम्रो मानवता अझ राम्रो बनाउन नयाँ उपायहरूको खोजीमा समितिले काम गर्दै विश्वलाई प्रकाश पार्नेछ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?