नेपालमा भारतीय न्युज च्यानलहरु बन्द !

काठमाडौं । नेपालमा भारतीय न्युज च्यानलहरु बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले त्यस्तो निर्णय गरेको हो ।

बिहीवार साँझदेखि वितरकहरुले दूरदर्शनबाहेकका नेपालमा सञ्चालनमा रहेका सबै भारतीय न्युज च्यानलहरुको प्रशारण रोकेको जनाइएको छ ।

नेपालले अतिक्रमित भूमीसहितको नयाँ नक्सा जारी गरेसँगै भारतीय सञ्चारमाध्यमहरुले विभिन्न कोणबाट नेपालप्रति नकारात्मक ढंगबाट समाचारहरु प्रकाशन र प्रशारण गर्दै आइरहेका छन् ।

साथै पछिल्लो समय प्रधानमन्त्री तथा चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?