भाइरस सकिएसँगै पृथ्वीको विनाश हुने वैज्ञानिकको दाबी !

काठमाडौं । अहिले कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सारा विश्व ग्रस्त र त्रस्त बनेको छ ।

अहिलेसम्म कोरोना भाइरसका कारण विश्वमा ५ लाख ५७ हजार ४९१ जनाको मृत्यु भईसकेको छ भने १ करोड २३ लाख ९३ हजार ४८८ जनालाई संक्रमण भएको छ ।

सबै कोरोना भाइरसबाट मुक्ति चाहिरहेको यो बेलामा कोरोना भाइरसको संक्रमण भने दिनप्रतिदिन बढी नै रहेको छ ।

वैज्ञानिक तथा डाक्टरहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर अहिलेसम्म उल्लेख्य सफलता भने हात पर्न सकेको छैन ।

कोरोना भाइरसको बीचमा संसारमा रहको भाइरसको विषयलाई लिएर एक बहस शुरु भएको छ ।

यी भाइरसमध्ये केहि भाइरसले त मानिसहरुका लागि संकट बनेका छन् । सन् १९१८ मा आएको इन्फ्लूएन्जा भाइरसले करोडौँ मानिसहरुको मृत्यु भएको थियो ।

यो सबै हेरेर पनि अनुमान गर्न सकिन्छ कि भाइरस मानिसका लागि धेरै खतरा छ । र हामीलाई लाग्छ यो सबै भाइरस नष्ट भएर जाओस् ।

यदि यी भाइरसहरु नष्ट भए भने सारा संसार क्षणभरमै नष्ट हुने वैज्ञानिकले बताएका छन् ।

अमेरिकाको ‘University of Wisconsin-Madison’ का महामारी विशेषज्ञ टोनी एल गोल्डवर्ग बिना भाइरस मानिस मात्र नभएर धर्तीमा जीवनको अस्तित्व नै नहुने बताउँछन् ।

गोल्डवर्ग भन्छन्, यदि अचानक धर्तीबाट सबै भाइरस हराउने हो भने यो धर्तीमा रहेका सबै जीवको मृत्यु हुनमा एक दिन भित्रको समय लाग्ने बताएका छन् । त्यसैले उनी भन्छन् सबै भाइरस नष्ट गर्न सकिँदैन ।

टोनी गोल्डवर्गले भनेका छन् कि, संसारमा कति प्रकारका भाइरस छन् यसको कुनै गन्ती छैन । तर एउटा कुरा यो सत्य हो कि,धेरैजसो विषणुले मानिसमा कुनै रोग फैलाउँदैनन् ।

हजारौँ भाइरस यस्ता पनि छन् कि, धर्तीको इकोसिस्टम चलाउनमा अहम भूमिका खेल्ने गर्दछन् ।

त्यस्तै मेक्सिकोको नेशनल अटोनोमस यूनिभर्सिटीका भाइरस विशेषज्ञ सुसाना लोपेज श्यारेटन भन्छिन्, पृथ्वीमा भाइरस र जीवहरु सन्तुलित वातावरणमा रहन्छन् । बिना भाइरस हामी बाच्न सक्दैनौँ ।

पृथ्वीमा जीवन जिउनको लागि भाइरस अत्याधिक महत्वपूर्ण छ । तर हामीलाई यसको बारेमा थाहा हुँदैन । यसको कारण यो पनि हो कि, हामी जहिल्यै रोग फैलाउने भाइरसको बारेमा मात्र रिसर्च गर्दछौँ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?