एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण शेयर नेप्सेमा सुचिकृत

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा वितरण गरिएको १ करोड ४८ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको छ । वित्तीय संस्थाले सर्वसाधरणका लागि ४७,५५,००० कित्ता र संस्थापक तर्फ १,००,४५,००० कित्ता शेयर वितरण गरेको थियो ।

नेपाल धितोपत्र बोर्डबाट गत वर्षको चैत ४ गते स्वीकृत विवरणपत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ४६ मा भएको व्यवस्था बमोजिम सर्वसाधारणमा निष्काशन गर्नु अगावै ११ वटा सामुहिक लगानी कोषहरुको १८ वटा योजनाहरुबाट कुल २,३७,८०,००० कित्ता शेयर माग गरी आवेदन प्राप्त भएकोले ११ वटा सामुहिक लगानी कोषहरुको १८ वटा योजनाहरुलाई माग गरेको अनुपातमा समानुपातिक हिसावले जम्मा २,३७,८०० कित्ता शेयर बाँडफाँड भएको लिमिटेडले जनाएको छ ।

त्यस्तै कर्मचारीहरुलाई ७४,००० कित्ता शेयर छुट्टाइएकोमा १६६ जना कर्मचारीहरुबाट ७४,००० कित्ता शेयर बाँडफाँड गरी बाँकी सर्वसाधारणहरुलाई छुट्याईएको प्राथमिक निष्काशन ४४,४३,२०० कित्ता शेयर सर्वसाधरणको लागि विक्री खुल्ला गरिएको शेयर निष्काशन गत असार १४ गते (बैंकिङ्ग समय पश्चात) निष्काशन बन्द भएको थियो ।

साथै संस्थाको प्राथमिक शेयर खरिद गर्न ३,९७,७४१ वटा आवेदन मार्फत सर्वसाधारणहरुले निवेदन दिएका थिए ।

यस संस्थाले आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्ममा कर्जा लगानी ७ अर्ब २२ करोड पु-याउन सफल भएको छ र बचत संकलन तर्फ १ अर्ब १ करोड पर्‍याउन वित्तीय संस्था सफल भएको लिमिटेडले जनाएको छ ।

त्यस्तै वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निष्कृय कर्जा अनुपात ० दशमलव ३२ प्रतिशत र प्रतिशेयर आम्दानी १६ दशमलव ३० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?