बाह्रबिसेको बाढी १२ तस्वीरमा

काठमाडौं । गए राति देखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ । अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।

बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् ।

सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेस तामाङ र सलिना तामाङ रहेका छन् । यसैगरी सो गाउँपालिकाका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् । निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ ।

सभामुख अग्निप्रसाद सापकोटा बाह्रबिसे पुगिसकेका छन् । नेपाली सेनाको ब्यारेकमा हेलिकप्टर ल्याण्ड गरिएको र बाटो सफा गरेर स्थलमार्गबाट घटनास्थल जाने उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

यस्तै वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ हेलिकप्टरमार्फत सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेका छन् । उनीसहित प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल पनि हेटौँडाबाट प्रस्थान गरेका छन् ।

बाह्रबिसे नगरपालिका जम्बु बाढीको केहि तस्वीरहरु : 

तस्वीर: रासस/सामाजिक सञ्जाल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?