काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक बाह्रबिसे पहिरो निरीक्षणका लागि पुगेका छन् ।
नेपाली सेनाको ब्यारेकमा हेलिकप्टर ल्याण्ड गरी बाटो सफा गरेर स्थलमार्गबाट घटनास्थल पुगेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

गए राति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीबाट जम्बु, खागदल र बुलकोटेमा मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा बाह्रबीसे नगरपालिका –५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेका छन् । त्यस्तै घटनामा २० जना बेपत्ता तथा पाँच जना गम्भीर घाइते भएका छन् । भने १ जनाको उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।

बिहीवार बिहान सभामुख सापकोटा निरीक्षणको लागि त्यसतर्फ हिँडेका थिए । प्रतिकुल मौसमका कारण काभ्रेको धुलिखेलबाट फर्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया