निर्वाचन आयोगमा दर्ता भयो जनता समाजवादी पार्टी

काठमाडौं । तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकिकृत भइ बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन आयोगको बुधबार बसेको बैठकले जनता समाजवादी दल दर्ताको निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी बताए ।

त्यसै अनुसार बिहीवार दल दर्ता गरिएको र प्रमाणपत्र लिनको लागि शुक्रवार बोलाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?