निएन्डरथलको डिएनए रिपोर्टबाट खुल्यो कोरोनाको नयाँ रहस्य !

काठमाडौं । कोरोना भाइरसले सारा विश्वलाई नै ग्रस्त बनाएको छ । संक्रमणका कारण ५ लाख भन्दा धेरै मानिसको मृत्यु भईसकेको छ भने १ रोड २० लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् ।

कोरोनाविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिए पनि अहिलेसम्म उपलब्धि भने हात पर्न सकेको छैन ।

यसैबीच कोरोना भाइरसलाई लिएर एक नयाँ खुलासा भएको छ । एक स्टडीका अनुसार ६० हजार वर्ष पहिला निएन्डरथल मानवको जीनोममा कोरोना भाइरस पाइएको छ ।

स्विडीश जेनेटिकिस्ट स्वेन्ते पाबो र ह्यूगो जेबर्गद्वारा गरिएको स्टडीमा जर्मनीको म्याक्स प्ल्यांक इन्स्टीट्युट, जापानको ओकिनावा इन्स्टीट्यूट अफ साइन्स एण्ड टाक्नोलोजि र स्वीडेनको करोलिन्स्का इन्स्टीट्यूटका वैज्ञानिक सहभागी थिए ।

अध्ययनमा भनिएको छ कि, संक्रमणको तीव्रता युरोप (लगभग ८ प्रतिशत) को तुलनामा दक्षिण एशियामा (लगभग ३० प्रतिशत) मानिसमा धेरै रहेको छ ।

किनभने यो भाइरसको जीन दक्षिण एशियामा पाइएका धेरै मानिसमा भेटिएको छ । अध्ययनमा कोरोना संक्रमणको लागि जीनोम जिम्मेवार रहेको र त्यो बंगलादेशमा बस्नेमा धेरै रहेको बताइएको छ ।

अध्ययनबाट क्रोमोजोम ३ मा यो जिनोमको ६ जीनोनको सम्बन्धमा एक हैरान बनाउने इतिहास रहेको बताइएको छ ।

अध्ययनमा बंगालादेशी ६३ प्रतिशत नागरिक थोरैमा एक प्रति लिएर जाने गरेको पत्ता लागेको छ ।

अध्ययनका अनुसार विशेष जिनोमको उपस्थिती पूर्वी एशियाली मानिसमा केवल चार प्रतिशतमा रहेको छ । र अफ्रिाकामा कसैमा छैन ।

म्याक्स प्ल्यांक इन्स्टीट्यूटका शोधकर्ताहरुद्वारा गरिएको अध्ययनको आधारमा यो निस्कर्ष निस्किएको हो । निएन्डरथल मानवहरमा हजारौँ वर्ष पहिला नै कोरोना रहेको थियो ।

निएन्डरथल मानिसको प्रथम पूर्वज युरोपमा साँढे तीन लाख वर्ष पहिला बस्ने गर्दथे ।

मनुष्य जातीको एक फर प्रजातीको रुपमा उनीहरुको रुपरंग एक लाख तीस हजार वर्ष पहिला पाइने गर्दथे । उनीहरुको एक अलग प्रजाती थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?