नेपाल र खनालपछि चिनियाँ राजदूत यान्छीले भेटिन् प्रचण्ड

काठमाडौं । बिहीवार नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटघाट भएको छ ।

प्रचण्ड निवास खुमालटारमा भएको भेटघाटमा नेकपाभित्रको आन्तरिक विवादको विषयमा कुराकानी भएको स्रोतको दावी छ । तर खास के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन् । नेकपाभित्रको पछिल्लो विवाद उत्कर्शमा पुगेको बेला दाहाल यान्छीबीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसो त उनले केहीदिन अघि नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र अर्का नेता झलनाथ खनाललाई समेत भेटेकी थिइन् ।

यसअघि हुने नेकपाका विवादमा उनी सक्रिय भएर लाग्ने गरेकी थिइन् । नेपालले अतिक्रमित भूमीसहितको नक्सा जारी गरेसँगै चीनसँग मिलेर भारत विरुद्ध लागेको भन्ने भारतीय मिडियाले आरोप लगाइरहेको छ । यसैबीच उनको सक्रिय भेटघाटले त्यसलाई झनै भारतीय सञ्चारमाध्यममा झनै अफवाहपूर्ण समाचारहरु आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?