२०७७, २६ असार शुक्रबार १९:५५

सावधान ! बढ्न थाल्यो कोरोनाको खतरा, केहि दिनमै शरीरबाट हराउँदैछ कोरोना ‘एन्टीबडी’


प्रकाशित मिति : २०७७, २६ असार शुक्रबार १९:५५

काठमाडौं । कोरोना भाइरसको आँकडा सारा विश्वमा तीव्र गतिले बढ्दै गईरहेको छ ।

कोरोनाले यो समाचार तयार पार्दासम्म विश्वमा ५ लाख ५८ हजार १५८ जनाको मृत्यु भईसकेको छ भने १ करोड २४ लाख २४ हजार ६४९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७२ लाख ४७ हजार ५४५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार ८१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना संक्रमण पछि निको भएकाहरुको फिकबाट कोरोनाले आफ्नो शिकार बनाउन सक्ने कुरा खुलासा भएको छ ।

एक स्टडीका अनुसार कोरोना संक्रमितको शरीरमा बनेको एन्टीबडी केहि हप्तामा गायब हुन सक्ने बताइएको छ ।

‘thetimes.co.uk’ को रिपोर्टका अनुसार स्पेनमा करिव ७० प्रतिशत मानिसमा गरिएको अध्ययनबाट १४ प्रतिशतको शरीरमा कोरोना एन्टीबडी रहेको र त्यसको दुई महिना पछि गरिएको परीक्षणमा शरीरमा कोरोना एन्टीबडी नै नरहेको पत्ता लागेको थियो ।

‘Lancet’ जर्नलमा प्रकाशित यो स्टडीलाई स्पेनका कार्लोस ३ इन्स्टीट्यूटका डाइरेक्टर रकील योतीले प्रमुख भुमिका निभाएका थिए । रकीलका अनुसार इम्युनिटी अधुरै हुन सक्नेछ । साथै अस्थायी पनि हुन सक्नेछ ।

यो कम समयका लागि र बेपत्ता पनि हुन सक्नेछ । त्यसैदे कोरोनाबाट बच्नको लागि हामी आफैले हरसम्भव प्रयाश गर्न आवश्यक छ ।

स्टडीमा साधारण लक्षण देखिएकाहरुमा कोरोनाको खतरा कम रहेको पत्ता लागेको छ । तर कोरोना संक्रमित भएका र केहि बिरामी भएकाहरुमा इम्युनिटी डेभलप भएको पाइएको र केहि हप्तामै गायब भएको पाइएको हो ।

यस्तो अवस्थामा मानिस फेरी संक्रमित हुन सक्दछन् । त्यति मात्रै होइन बिना लक्षणवाला कोरोना संक्रमितमा कुनै पनि एन्टीबडी नपाईएको समेत स्टडीबाट पत्ता लागेको छ ।

इंग्ल्याण्डको यूनिभर्सिटी अफ रिडिंगमा भायरोलोजीका प्रोफेसर इआन जोन्सलेले जसलाई एन्टीबडी टेस्टमा पोजेटिभ पाइएको छ, उसलाई सुरक्षित भएको मान्न सकिँदैन । उ सुरक्षित भए पनि त्यो बेला सम्म स्पष्ट नहुने उनले बताएका छन् ।

यो बाहेक मेडिकल जर्नल द लान्सेटमा प्रकाशित शोधका अनुसार अप्रिलमा स्पेनमा कोरोनाको संक्रमण धेरै थियो । त्यतिबेला २ लाख ५० हजार भन्दा धेरै संक्रमित थिए भने २८ हजार भन्दा धेरैको मृत्यु भएको थियो ।

यो कारणले पनि अहिले स्पेनमा इम्युन भएको हुन सक्ने बताइएको छ । तर अहिलेसम्म स्पेनमा स्टडीका अनुसार मात्र ५ प्रतिशतमा नै इम्युन रहेको पाइएको छ ।

यो आँकडका आधारमा पनि भनिएको छ कि, नेचुरल तरिकाबाट कोरोना विरुद्ध हर्ड इम्यूनिटी हाँसिल गर्न सम्भव छैन ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस